उत्तर कोरियाली ह्याकरहरूले परमाणु र सैन्य सूचना चोर्ने प्रयास गरिरहेका बेलायत, अमेरिका र दक्षिण कोरियाको आरोप

 साउन १२, २०८१ शनिबार ६:३७:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बेलायत, अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली ह्याकरहरुले परमाणु एवम् सैन्य मामिलासम्बन्धी गोप्य सूचना चोर्ने प्रयास गरेका आरोप लगाएका छन् । एन्डेरिअल एन्ड ओनिक्स स्लीट नामले चिनिने एउटा उत्तर कोरियाली ह्याकरहरुको समूहले विश्वभरिका सरकार तथा निजी कम्पनीलाई निसाना बनाइरहेको उनीहरुको दाबी छ ।

उत्तरकोरियाको सैन्य तथा परमाणु कार्यक्रमको महत्वकांक्षालाई अघि बढाउन त्यहाँको सरकारकै लगानी र संरक्षणमा ह्याकरहरुले रक्षा, एरोस्पेस, पारमाणविक र इन्जिनियरिङ संस्थाहरूबाट सूचना चोर्न बारम्बार प्रयास गरेका अमेरिका, बेलायत र दक्षिण कोरियाले निकालेको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाली समूहले पछिल्लो समय यूरेनिअम सम्वर्धनदेखि ट्याङ्क, पनडुब्बी तथा पानीजहाजमा आक्रमण गर्न पानीभित्र प्रहार गरिने बमसम्मका जानकारी लिन खोजिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ह्याकरको यो समूहले बेलायत, अमेरिका, दक्षिण कोरिया, जापान, भारतसहित कैयौँ देशलाई निसानामा पार्न खोजेको छ ।

जासुसी र रकम आर्जन गर्ने दुवै उद्देश्यलाई संयोजन गरेर हुने त्यस्तो साइबर आक्रमणले संवेदनशील प्रविधि तथा दैनिक जीवन दुवैमा प्रभाव पार्ने पनि विज्ञप्तीमा भनिएको छ । उत्तर कोरियाली ह्याकरहरुले विभिन्न संस्थाहरुलाई ह्याकिङ गरेर फिरौती रकम माग गर्ने गरेका यस अघि नै आरोप लाग्दै आएको छ । 

अन्तिम अपडेट: असोज २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया