अस्ट्रेलियामा हरेक वर्ष सात लाख टन भन्दा धेरै खाना खेर फाल्ने गरिएको प्रतिवेदन सार्वजनिक

 साउन १२, २०८१ शनिबार ९:२७:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अस्ट्रेलियामा हरेक वर्ष सात लाख टन भन्दा धेरै खाद्यान्न खेर फाल्ने गरिएकोे एक अध्ययन प्रतिवेदनले देखाएको छ । इन्ड फुड वेस्ट अस्ट्रेलिया (इएफडब्लुए) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अस्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलर बराबरको खाना खेर फाल्ने गरेका छन् ।

अस्ट्रेलियामा रहेको इएफडब्लुएका प्रमुख कार्यकारी स्टिभन लापिजले अस्ट्रेलियामा ३७ लाख घरपरिवार खानाकै लागि सङ्घर्ष गरिरहेको अवस्थामा खाद्यान्न खेर फालिनु चिन्ताको विषय रहेको बताउनुभयो । अस्ट्रेलियालीहरूले हरेक वर्ष बर्बाद गर्ने खानाको संयुक्त मूल्य ३६ अर्ब ६० करोड अस्ट्रेलियाली डलर अर्थात् (२४ अर्ब ३० करोड अमेरिकी डलर) रहेको प्रतिवेदनले अनुमान गरेको छ ।

इएफडब्लुएका प्रमुख लापिजले सन् २०३० सम्ममा खाद्यान्नको बर्बादीलाई आधा गर्ने योजना रहेको पनि बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया