भोजपुरको होम्ताङका स्थानीयबासिन्दा नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै

 साउन १२, २०८१ शनिबार १२:३०:२६ | रासस
unn.prixa.net

फाइल तस्बिर

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयबासिन्दाले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको छ ।

हतुुवागढी–६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी–५ सोया गाउँका झण्डै ४० घरपरिवारले व्यवसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् । हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र राईले नाङ्लो भदौ, असोज र कात्तिक  महिनामा सबैभन्दा धेरै उत्पादन हुने गरेको बताउनुहुन्छ ।

दशैँ, तिहार, छठलगायत पर्वमा नाङ्लोको माग उच्च हुने भएकाले अहिलेदेखि नै तयारी हुन थालेको उहाँको भनाइ छ । उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने गरिएको छ । एउटा नाङ्लो एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा खरिद बिक्री हुने गरेको छ ।    

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया