रुसमा जन्मदर ‘सङ्कटपूर्ण’ अवस्थामा, भविष्यका लागि जोखिम

 साउन १२, २०८१ शनिबार १२:४९:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले जन्मदर ‘सङ्कटपूर्ण’ अवस्थामा रहेको र घट्दो जन्मदरलाई उल्ट्याउन कडा प्रयास गरिरहेको जनाएको छ । ‘सङ्कटपूर्ण’ जनसाङ्ख्यिकी प्रवृत्तिले देशको भविष्यलाई जोखिममा पारिरहेको क्रेमलिनको विश्लेषण छ ।

सोभियत सङ्घको पतनपछि रुसले वृद्ध जनसङ्ख्या, युक्रेनमा द्वन्द्वका कारण पुरुषहरूको बहिर्गमन र १७ वर्षमा सबैभन्दा कम प्रजनन दरजस्ता धेरै जनसाङ्ख्यिकीय चुनौतीको सामना गर्दै आएको छ । त्यहाँ प्रतिमहिला जन्म एक दशमलव चार रहेको छ । यो युरोपेली देश र जापानको बराबर हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भविष्यका लागि अहिलेको जन्मदर सङ्कटपूर्ण रहेको बताउनुभएको छ । सन् १९९१ मा सोभियत सङ्घको विघटनको समयमा रुसको जनसङ्ख्या झण्डै १४ करोड ८० लाख थियो । यो सन् १९९० को दशकमा उच्च मृत्यु र कम जन्मको लामो अवधिपछि अहिले झण्डै १४ करोड ४० लाख छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले ठूला परिवारलाई विभिन्न अनुदानको प्रस्ताव गरेपनि जन्मदरमा उल्लेख्य सुधार हुन नसकेको समाचार संस्था एएफपीले जनाएको छ । सन् २०४० को दशकसम्ममा रुसको जनसङ्ख्या १३ करोडसम्ममा झर्न सक्ने विज्ञको अनुमान छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया