भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु

 साउन १२, २०८१ शनिबार १३:१२:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु हुँदैछ । तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय श्रृङ्खलाका लागि भारतको टोली श्रीलङ्का पुगेको छ । पहिलो टी–२० खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे पल्लेकेलेमा शुरु हुनेछ ।

भारतीय टोलीको कप्तानी सूर्यकुमार यादव र श्रीलङ्काकाे कप्तानी  चरित असालान्काले गर्दैछन् । भारतका रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले सन्न्यास लिएसँगै यादवले कप्तानको जिम्मेवारी पाएका हुन् । भारतले यसअघि टी–२० विश्वकपको उपाधि जितेको थियो । तर श्रीलङ्का भने पहिलो चरणबाटै बाहिरीएको थियो ।

यी दुई देशबीचको दोस्रो टी–२० भोलि र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । त्यसपछि एकदिवसीय खेल हुनेछ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया