स्याङ्जाको चापाकोटमा पहिरोले नहर पुरिँदा झन्डै पाँच सय हेक्टर जमिन बाँझै

 साउन १२, २०८१ शनिबार १५:९:३८ | रासस
unn.prixa.net

फाइल फाेटाे

स्याङ्जा – चापाकोटमा पहिरोले नहर पुरिँदा झन्डै पाँच सय हेक्टर जमिन बाँझो भएको छ । चापाकोट नगरपालिका वडा नम्बर ४ दार्सिङमा रहेको ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिरोले पुरिँदा खेतीयोग्य जमिन बाँझो रहेको हो ।

गएको असार २२ गते पहिराले ठूला ढुङ्गा ल्याएर नहर पुरेको र पहिरो हटाएर पानी सञ्चालन गर्न नसकेको चापाकोट टार सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताउनुभयो । स्थानीय खोला खोल्साको पानीले भन्डै पाँच सय हेक्टरमा रोपाइँ भए पनि बाँकी पाँच सय हेक्टर बाँझै रहेको उहाँले बताउनुभयो । नहरबाट पानी नआउँदा त्यहाँ रोपाइँ हुनै सक्दैन ।

मान्छेले ढुङ्गा फुटाउन नसकेको र त्यहाँ डोजर लैजान नसकेका कारण ढुङ्गा हटाउन नसकेको नगरपालिकाका मेयर देवबहादुर खाँणले बताउनुभयो । विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउन नेपाली सेनासँग निरन्तर छलफल भइरहे पनि निर्णय भने नभएको उहाँले बताउनुभयो ।

सेनाले ढुङ्गा भएको ठाउँको अनुगनसमेत गरेको र बिस्फोटक पदार्थ लैजान हेलिकोप्टरको प्रयोग अनिवार्य देखिएको छलफल भइरहेको जानकारी गराएको मेयर खाँणले बताउनुभयो । साउन दोस्रो हप्ता शुरु भइसकेकोले रोपाइँ ढिला हुने भन्दै स्थानीय चिन्तित बनेका छन् । 

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया