ब्राजिलमा 'ओरोपोचे' ज्वरोबाट विश्वमै पहिलो बिरामीको ज्यान गएको पुष्टि

 साउन १२, २०८१ शनिबार १८:१८:१ | एजेन्सी
unn.prixa.net

एजेन्सी

ब्राजिलले 'ओरोपोचे' ज्वरोबाट विश्वमै पहिलो ज्यान गएकाे पुष्टि गरेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले उत्तरपूर्वी राज्य बाहियामा बस्ने ३० वर्षभन्दा कम उमेरका दुई जना महिला भाइरल ज्वरोबाट पीडित भएकोमा एक जनाको ज्यान गएको जनाएको हो । बिरामीमा डेङ्गीको जस्तै गम्भीर ज्वरो र अरू लक्षण थिए । अहिलेसम्म विश्वमा 'ओरोपोचे' ज्वरोबाट कसैको पनि ज्यान गएको थिएन ।

स्वास्थ्य अधिकारीले दक्षिणी राज्य सान्ता क्याटारिनामा 'ओरोपोचे' ज्वरोबाट अर्को शंकास्पद ज्यान गएको पनि अनुसन्धान गरिरहेका छन् । ओरोपोचे ज्वरो पहिलो पटक सन् १९६० मा ब्राजिलमा पत्ता लागेको थियो ।

त्यसबेलादेखि खासगरी अमेजन क्षेत्र र अन्य ल्याटिन अमेरिकी देशमा यो ज्वरोको प्रकोप फैलिए पनि कसैको ज्यान गएको थिएन । ब्राजिलमा यस वर्ष अहिलेसम्म सात हजार दुई सय ३६ जनामा 'ओरोपोचे' ज्वरोको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया