प्रधानमन्त्री ओलीकाे कमजाेरी भेटिए खराे अभिव्यक्ति दिइन्छ : कांग्रेस महामन्त्री शर्मा

 साउन १३, २०८१ आइतबार १८:४५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाकाे आजकाे बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कमजाेरी भेटिए प्रधानमन्त्री, मन्त्रीहरूबारे पनि संसद् र बाहिर पनि खरो अभिव्यक्ति दिने बताउनुभयाे । उहाँले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयाे, ‘राम्रो काममा सरकारलाई निरन्तर साथ रहने छ । कमजोरी हुँदै गर्दा प्रधानमन्त्रीजीको बारेमा पनि, मन्त्रीहरूको बारेमा पनि सार्वजनिक रूपमा र संसद्मा पनि खरो ढङ्गले उभिने अभिव्यक्ति राख्न चाहन्छु ।’

महामन्त्री शर्माले लामो सङ्घर्षबाट आएका कांग्रेस–एमाले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्ने गरी काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया