श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतले एक खेल अगाडि जित्यो

 साउन १४, २०८१ सोमबार ६:५०:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतले एक खेल अगाडि  जितेको छ । हिजो भएको दोस्रो खेल भारतले डकवर्थ–लुइस–स्टर्न पद्धतिका आधारमा ७ विकेटले जितेको हो ।

वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६ ओभर ३ बलमा ३ विकेट गुमाएर जितेको हो । भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए । श्रीलङ्काका लागि महिश थिकसना, वाविन्दु हसरंगा र मथिसा पाथीरानाले समान १ विकेट लिए ।

त्यसअघि श्रीलङ्काको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनायो । श्रीलङ्काका लागि कुशल परेराले सर्वाधिक ५४ रन बनाए । भारतका लागि रवि बिष्नोईले ३ विकेट लिए । भारतले पहिलो टी–२० आईमा ४३ रनको जित निकाल्दै सिरिजमा १–० को अग्रता बनाएको छ ।

श्रृङ्खलाको तेस्रो खेल भोलि मङ्गलवार हुनेछ । त्यसपछि यी दुई टोलीले तीन एक–दिवसीय खेल खेल्नेछन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया