भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मदुरो विजयी

 साउन १४, २०८१ सोमबार १२:४८:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मदुरो आउँदो कार्यकालका लागि पनि निर्वाचित हुनुभएको छ । आज बिहान सकिएको मतगणनामा मदुरो ५१ दशमलव २० प्रतिशत मत प्राप्त गरेर विजयी हुनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

राष्ट्रिय निर्वाचन परिषद्का प्रमुख एल्विस अमोरोसोले मदुरोले ५१ दशमलव २० र उहाँका मुख्य प्रतिस्पर्धी एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाएको घोषणा गर्नुभएको छ । तर विपक्षी पार्टीले चुनावमा धाँधली भएकाले परिमाण अस्वीकार गर्ने चेतावनी दिएको छ ।

चुनावअघिका जनमत सर्वेक्षणले गोन्जालेजलाई मदुरोभन्दा निकै अघि रहेको देखाएका थिए । लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएपछि निकोलस मदुरोले आफ्नो जीतलाई शान्ति र स्थिरताको जीत भएको बताउनुभएको छ । उहाँले भेनेजुएलाको निर्वाचन प्रणालीको प्रशंसा गर्दै विपक्षीले हरेक चुनावमा भन्ने गरेको धाँधलीलाई अनावश्यक चिच्याहटको संज्ञा दिनुभएको छ ।

भेनेजुएलाको सबैभन्दा नजिकको मित्रदेश क्युबाले मदुरोलाई बधाई दिँदै यसलाई नागरिक र क्रान्तिको विजयीका रूपमा व्याख्या गरेको छ । तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने घोषित परिणामले भेनेजुएलाका नागरिकको इच्छा वा मत प्रतिबिम्बित नगर्नेमा संयुक्त राज्य अमेरिकालाई गम्भीर चिन्ता रहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया