धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
इजरायल र हिजबुल्लाहबीचको तनावलाई लिएर एअरलाइन्सहरूले लेबनानको बेरुत विमानस्थलबाट हुने उडान रद्द गरेका छन् । इजरायल र लेबनानको विद्रोही समूह हिजबुल्लाहबीच युद्धको सम्भावनालाई मध्यनजर गर्दै एअरलाइन्सहरूले बेरुत विमानस्थलबाट हुने उडान रद्द गरेका कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।
जर्मनीको लुफ्थान्सा, स्विस इन्टरनेशनल एअरलाइन्स, युरोविङ्ग्स लगायतले बेरुत आउने÷जाने पाँच वटा रुट भोलिसम्मका लागि निलम्बन गरेको खबरमा उल्लेख छ । यस्तै लेबनानको मध्यपूर्व एअरलाइन्स (एमईए) ले जोखिमलाई उद्धृत गर्दै केही उडानहरूको तालिका फिर्ता स्थगित गरेको छ ।
यसैबीच उडान ट्र्याकिङ वेबसाइट 'फ्लाइटराडर–ट्वान्टीफोर' को तथ्याङ्कले टर्कीको सनएक्सप्रेस, टर्किस एअरलाइन्स र यसको सहायक कम्पनी अजेटले पनि आज बेरुतमा अवतरण हुने उडानहरू रद्द गरेको देखाएको छ ।
इजरायली कब्जामा रहेको सिरियाको भूमि गोलान हाइट्समा बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणपछि इजरायल–हिजबुल्लाहबीच तनाव चुलिएको छ ।
इजरायल–हिजबुल्लाहबीच तनाव बढेसँगै मध्यपूर्व नै जोखिममा फस्ने सम्भावना बढेको छ । यो तनावले गाजामा युद्धविरामको वार्तामा समेत असर पुग्ने खतरा रहेको जर्मनी सञ्चारमाध्यम ‘डीडब्ल्यू’ ले लेखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।