पेरिस ओलम्पिकमा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल दोस्रो खेलमा पनि पराजित

 साउन १५, २०८१ मंगलबार ६:१२:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल लगातार दोस्रो खेलमा पनि पराजित भएका छन् । प्रिन्स आयरल्याण्डका नहाट एन्ग्वेनसँगको सोझो सेटमा पराजित भएका हुन् ।

हिजोको खेलमा प्रिन्स विश्व वरियताका ४३ औँ स्थानमा रहेका एन्ग्वेनसँग हारेका हुन् । यसअघि पहिलो खेलमा विश्व नम्बर २ भिक्टर एक्सेलसनसँग पराजित भएका थिए । प्रिन्सले अब समूह चरणको अन्तिम खेलमा इजरायलका मिशा जिलबरमनसँग खेल्नेछन् ।

यसअघि नेपाललाई प्रतिनिधित्व गर्दै पेरिस पुगेका ६ खेलमा ७ खेलाडी मध्य ४ खेलाडी बाहिरिसकेका छन् । टेबल टेनिसका स्यान्टू श्रेष्ठ, पौडीकी डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ प्रधान र शूटिंगकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका हुन् ।

पौडीका एलेक्स शाह र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया