भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज

 साउन १५, २०८१ मंगलबार १२:३३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल पाल्लिखेलेमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको छ ।

पहिलो खेलमा ४३ रनले पराजित घरेलुु टोली अस्ति भएको दोस्रो खेलमा डकवर्थ लुइस नियमका आधारमा सात विकेटले पराजित भएको थियो ।

दुई देशबीच टी–२० शृङ्खलापछि तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । पहिलो एकदिवसीय खेल पर्सि शुक्रवार, दोस्रो आइतवार र तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधवार हुनेछ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया