भारतको केरलामा पहिरो : कम्तीमा सय जनाको ज्यान गयो, राज्यभर दुई दिने शोकको घोषणा

 साउन १५, २०८१ मंगलबार १८:२६:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको केरला राज्यको वायनाडमा ठूलो वर्षापछि पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा सय जना पुगेको छ । पहिरोमा परी सय जनाभन्दा धेरै घाइते भएका र उनीहरूलाई अस्पताल पुर्‍याइएको बीबीसी हिन्दीले जनाएको छ ।

केरलाको वायनाड जिल्लाको विभिन्न ठाउँमा आज बिहानै पहिरो गएको थियो । प्रभावित ठाउँमा खोजी तथा उद्धार अभियान चलिरहेको र अहिलेसम्म दुई सय ५० जनाभन्दा धेरैको उद्धार भएको छ । तर ठूलो वर्षा भइरहेको र एउटा महत्त्वपूणर् भत्किँदा उद्धारको काम प्रभावित भएको खबरमा उल्लेख छ ।

यो घटनालाई लिएर वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ । १४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।

यसैबीच केरला सरकारले वायनाड घटनालाई लिएर दुई दिने शोकको घोषणा गरेको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले आज र भोलि दुई दिनका लागि राज्यव्यापी शोकको घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले लेखेको छ ।

यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५० हजार भारतीय रुपैयाँ राहत घोषणा गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया