श्रीलङ्कासँगको  तीन खेलको टी–२० श्रृङ्खलामा भारतको क्लिन स्वीप

 साउन १६, २०८१ बुधबार ६:१२:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – श्रीलङ्कासँगको तीन खेलको तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतले सुपर ओभरमा जितेको छ । पाल्लिखेलेमा हिजो भारतले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ८ विकेट गुमाएर भेट्टाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

तीन खेलको श्रृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको थियो । अन्तिम खेल पनि जितेर भारतले श्रृङ्खलामा क्लिन स्वीप गरेको छ । पहिलो खेलमा ४३ रनले पराजित घरेलुु टोली दोस्रो खेलमा डकवर्थ लुइस नियमका आधारमा सात विकेटले पराजित भएको थियो ।

अब भोलिदेखि दुई देशबीचको तीन खेलको एकदिवसीय श्रृङ्खला शुरु हुँदैछ । दोस्रो खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधवार हुनेछ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया