काठमाण्डाै उपत्यकामा घरभित्रै बाढी, जनजीवन अस्तव्यस्त (फोटो फिचर)

 साउन १६, २०८१ बुधबार १३:३०:४७ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै – गएरातिकाे अविरल वर्षाका कारण काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् ।

काठमाण्डाै उपत्यकाका तीन वटा जिल्ला (काठमाण्डाै, ललितपुर र भक्तपुर) का नदी किनारका बस्ती, सडक संरचनाहरू लेदो पानीले भरिएको छ । काठमाण्डाैकाे बल्खु, भक्तपुरको हनुमन्ते खोला आसपासका क्षेत्रहरूमा बाढी पसेको छ जसले उपत्यकाका आमनागरिकको जनजीवन प्रभावित भएको छ ।

नदी किनार छेउमा व्यापार व्यवसाय गर्दै आएकाहरू पानी र लेदो बालुवा पन्छाउन व्यस्त छन् । नदी छेउका सडकहरूमा पनि राम्रोसँग गाडी सञ्चालन हुन सकेका छैनन् । कतिपय विद्यालयहरू बाढीकै कारण बन्द भएका छन् भने कतिपय अनलाइन माध्यमबाट अध्ययन गराइरहेका छन् । कतिपय ठाउँमा घरभित्रै बाढी पसेको छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया