भोजपुरमा बाढीले बगाएका एक जना मजदुरको शव फेला, एक जना अझै बेपत्ता

 साउन १६, २०८१ बुधबार १५:१८:३७ | रासस
unn.prixa.net

भाेजपुर – भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकामा बाढीले बगाएर बेपत्ता भएका एक जना मजदुरको शव फेला परेको छ ।

साल्पासिलिछो-४ गोथे बजारमा निर्माणाधीन इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारबर्दिया नगरपालिका-३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिनुभयो ।

इखुवा खोलाको बाढीले आज इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई जना मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु अहिलेसम्म बेपत्ता हुनुहुन्छ । उहाँको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताउनुभयो । यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयवासीले उद्धार गरेका थिए ।

यसैबीच गएराति आएको बाढीले षडानन्द नगरपालिका-२ मा स्थानीयवासी चित्रबहादुर दर्जी र निर्मला राईको घर बगाएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया