अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
'भिडियो शेयरिङ' एप टिकटकको मातृ कम्पनी बाइटडान्सको सिङ्गापुरमा रहेको मुख्यालयमा खाद्य विषाक्तता अर्थात् 'फुड प्वाइजनिङ' का कारण ५० जनाभन्दा धेरै कर्मचारी बिरामी भएका छन् ।
६० जना कर्मचारीलाई पेटसँग जोडिएको समस्या भएको पाइएकोमा ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । स्वास्थ्य एवम् खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा जाँच गरिरहेका छन् । बाइटडान्सको कार्यालयमा कुनै पनि प्रकारको खाना बन्दैन र आफ्नो खाद्य आपूर्तिका लागि तेस्रो पक्षमा निर्भर रहने गरेको छ ।
बाइटडान्सका प्रवक्ताले आफ्ना कर्मचारीहरूको स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएको र प्रभावित कर्मचारीहरूलाई सहयोग गर्न तत्काल कदम चालेको बताउनुभएको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।