कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
प्यालेस्टाइनको विद्रोही समूह हमासका प्रमुख नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएपछि मध्यपूर्वमा तनावको डर बढेको छ । मध्यपूर्वका धेरैजसो देशले यो हत्याले तनाव झनै बढ्ने चेतावनी दिइसकेका छन् ।
इजरायली सेनाले पछिल्लो समय हमासका नेतालाई लक्षित गरी आक्रमण गरिरहेकाले हानियाको हत्या पनि इजरायलले नै गरेको हुनसक्ने चौतर्फी शङ्का रहेको छ । तर इजरायलले भने औपचारिक प्रतिक्रिया दिएको छैन । हानियाका छोरा र नातिनातिनीलाई पनि इजरायलले यसअघि नै मारिसकेको छ ।
बीबीसीका अनुसार इजरायलले हमासका नेता हानियालाई यसअघि नै हत्या गर्न खोजेको थियो तर उनी कतारमा रहेकाले त्यहाँ हत्या गर्न सम्भव थिएन । त्यसैले हिजो इरानमा रहेको मौकामा मिसाइल प्रहार गरेर हत्या भएको हुन सक्ने जनाइएको छ । यस्तै पटक–पटक इरानमा आक्रमण गर्दै विभिन्न व्यक्तिको हत्या गरेर इजरायलले आफूविरुद्ध लाग्नेहरू कतै पनि सुरक्षित छैनन् भन्ने सन्देश दिएको खबरमा उल्लेख छ ।
हानिया इजरायलसँगको युद्धविराम र बन्धक रिहाइको वार्तामा संलग्न थिए, उनै हानियाको हत्या भएकाले अब इजरायल र हमासबीच वार्ता कसरी हुन्छ भनेर कतारले प्रश्न सोधेको छ । जोर्डनले हमासका नेताको हत्यालाई कडा शब्दमा निन्दा गर्दै यो घटनाले मध्यपूर्वमा थप तनाव र अराजकता निम्त्याउने बताएको छ । लेबनानले पनि घटनाको निन्दा गर्दै यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ ।
यस्तै आज मात्रै शपथ लिएका इरानका राष्ट्रपति मसूद पेजेस्कीयनले हानियाको हत्या गर्नेहरू पछुताउनुपर्ने चेतावनी दिनुभएको छ । उहाँले हानियाको रगतलाई कहिल्यै खेर जान नदिने पनि बताउनुभएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामिनीले पनि हानियाको हत्याको बदला लिनु तेहरानको कर्तव्य भएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।