पेरिस ओलम्पिकमा ८ वटा स्वर्णसहित चीन शीर्ष स्थानमा

 साउन १६, २०८१ बुधबार १८:३०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – पेरिस ओलम्पिकको पदक तालिकामा आठ वटा स्वर्णसहित चीन शीर्ष स्थानमा रहेको छ । पछिल्लो विवरणअनुसार चीनले आठ स्वर्ण, ६ रजत र दुई कास्य गरी १६ वटा पदक जितेको छ ।

यस्तै जापान पदक तालिकाको दोस्रो स्थानमा छ । जापानले सात स्वर्ण, दुई रजत र चार कास्य गरी १३ वटा पदक जितेको छ । यस्तै ६ स्वर्ण, नौ रजत र पाँच कास्य गरी २० पदकसहित फ्रान्स तेस्रो स्थानमा छ ।

पदक तालिकमा अहिलेसम्म बेलायत र अस्ट्रेलियाले समान ६ स्वर्ण जितेका छन् । यस्तै दक्षिण कोरियाले पाँच, अमेरिकाले चार, इटालीले तीन पदक जितेका छन् । यस्तै क्यानडा, जर्मनी, हङकङले समान दुई तथा नेदरल्यान्ड्स, न्युजिल्यान्ड, काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, आयरल्यान्ड, अजरबैजान, रोमानिया, स्लोभेनिया, सर्बिया र उज्वेकिस्तानले समान एक स्वर्ण जितेका छन् ।

पेरिस ओलम्पिक २०२४ मा नेपालबाट सात जना खेलाडी सहभागी भएकामा ६ जनाको खेल सकिइसकेको छ । पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि उनीसहित ६ जना खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

अब नेपालबाट एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोषीले अन्तिम दिन अगस्ट ११ मा महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । यही जुलाई २६ देखि शुरु भएको प्रतियोगिता आउँदो अगस्ट ११ सम्म चल्नेछ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया