काठमाण्डाैमा सहकारी पीडितको मानव साङ्लो (तस्बिरहरू)

 साउन १७, २०८१ बिहीबार १५:१४:२५ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै – सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले आज काठमाण्डाैमा मानव साङ्लो प्रदर्शन गरेको छ । 

पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भए पनि कार्यान्वयन नगरेको भन्दै अभियानले काठमाण्डाैकाे रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर विरोध जनाएका छन्  । सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि उनीहरूले बारम्बार आन्दोलन गर्दै आएका छन् । सरकार संवेदनशील नभएको उनीहरूको भनाइ छ ।

उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन,  हामीसँग कर लिने,  हाम्रो बचतको सुरक्षा खोइ ? लगायतका नारा लगाई मानवसाङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया