जाजरकाेट भूकम्पकाे ९ महिना पूरा, पुनर्निर्माण र पुनर्स्थापनाको काममा ढिलासुस्ती

 साउन १७, २०८१ बिहीबार १८:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जाजरकोट भूकम्पको आज नाै महिना पूरा भएको छ । गएको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्र बनाई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पले जाजरकोट र रुकुम पश्चिमसहित आसपासका जिल्लामा क्षति गरेको थियो । भूकम्पलगत्तै उद्धार र राहतका काम र त्यसपछि अहिलेसम्म तीन तहका सरकार तथा विभिन्न सङ्घ–संस्थाको प्रयासमा अस्थायी आवास निर्माणको काम भएको छ । पुनर्निर्माणमा ढिलाइ भइरहेको भूकम्प पीडितको गुनासो छ । जेनतेन नागरिकलाई अस्थायी आवासभित्र पठाउन सकिए पनि टहराभित्रको अप्ठेरो यथावत् छ ।

लामो समयदेखि टहराभित्रको बसाइ ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरीका लागि पीडादायी छ । मुख्यगरी प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा पुनर्निर्माण र पुनर्स्थापनाको काममा ढिलासुस्ती भएको छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया