अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको छ । प्रतिबन्धको कारण र कहिलेसम्मलाई भन्नेबारेमा खुलाइएको छैन । टर्कीका राष्ट्रपतिका सञ्चार प्रमुख फहरेत्तिन अल्तुनको पोस्टमाथि अमेरिकी कम्पनी मेटाद्वारा सञ्चालित इन्स्टाग्रामले सेन्सरसिप गरेपछि प्रतिबन्ध लगाएको हुन सक्ने रोयटर्सको खबरमा उल्लेख छ ।
अल्तुनले हमासका राजनीतिक ब्युरो प्रमुख इस्माइल हानियाप्रति श्रद्धाञ्जली दिइएका पोस्टहरू इन्स्टाग्रामले रोकेको बताउनुभएको थियो । टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनसँग हानियाको निकट सम्बन्ध रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमहरुले जनाएका छन् । टर्कीमा ५ करोडभन्दा बढी इन्स्टाग्राम प्रयोगकर्ता रहेका बताइएको छ ।
अस्ति बुधवार इजरायलले आक्रमण गर्दा इरानको तेहरानमा हमासको राजनीतिक ब्युरो प्रमुख इस्माइल हानियाको ज्यान गएको छ । त्यस्तै इजरायली सेनाले आफ्नो कारबाहीमा हमासका सैन्य प्रमुख मोहम्मद देइफसमेत मारिएका बताएको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।