युरोपमा गर्मीका कारण वर्षेनी पौने दुई लाख जनाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक

 साउन १८, २०८१ शुक्रबार १८:३८:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युरोपका देशहरुमा गर्मीका कारण बर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको छ ।

डब्लुएचओको युरोपेली शाखाले एक प्रतिबेदन सार्वजनिक गर्दै सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका चार लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा एक लाख ७६ हजार ४० जनाको ज्यान गएको जानकारी गराएको हो ।

डब्लुएचओकाअनुसार युरोपेली क्षेत्रको तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ । डब्लूएचओको युरोपेली क्षेत्रमा मध्य एसियाका केही देशहरूसहित ५३ देश छन् । डब्लुएचओकाअनुसार युरोपेली क्षेत्रमा गर्मीका कारण हुने मृत्युदरमा पछिल्लो दुई दशकमा ३० प्रतिशतले वृद्धि भएको छ ।

अत्यधिक गर्मीले विशेष गरी वृद्धवृद्धा र गर्भवती महिला मारमा परेका डब्लुएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुजलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । गर्मीका कारण मुटु, श्वासप्रश्वास, मानसिक स्वास्थ्य र मधुमेहसँग सम्बन्धित रोगलगायत दीर्घकालीन अवस्थालाई बढाउँछ ।

युरोपेली क्षेत्रमा सन् २००७ पछि १० बर्ष अत्यधिक तातो वर्षका रूपमा रेकर्ड भएका छन् । जसमा सन् २०२० यताका मात्रै तीन वटा वर्षछन् ।  

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया