मनसुनजन्य विपदबाट १ सय ५० जनाको ज्यान गयो

 साउन २०, २०८१ आइतबार ६:१९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – यस वर्षको मनसुन शुरु भएयता बाढी, पहिरो, चट्याङ लगायत मनसुनजन्य विपदमा परेर एक सय ५० जनाको ज्यान गएको छ । ४९ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट चार हजारभन्दा बढी परिवार विस्थापित भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

गएको जेठ २८ गते यता बाढी, पहिरो लगायतका विपदमा परी काठमाण्डौ उपत्यकामा तीन जनाको ज्यान गएको छ भने कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना र बागमती प्रदेशमा २९ जनाको ज्यान गएकाे छ । त्यस्तै गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक सय ७७ जना घाइते भएका छन् । विपदमा परी देशभर ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा तीन सय ८४ वटा घर डुबानमा परेका छन् । दुई सय ५९ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । सात सय ४३ वटा पशु चौपाय मरेका छन् । विपदका घटनाबाट चार हजार दुई सय १९ घर परिवार विस्थापित भएका प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया