तत्काल लेवनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

 साउन २०, २०८१ आइतबार ९:१९:५३ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अमेरिकाले लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ । मध्यपूर्वमा बढिरहेको तनावकाबीच अमेरिकाले जुनसुकै प्रकारले उपलब्ध टिकट प्रयोग गरेर तत्काल लेवनान छाड्न आग्रह गरेको बीबीसीले जनाएको छ ।

यसअघि बेलायतले पनि लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल बाहिरिन भनेको थियो । यस्तै जोर्डनले पनि आफ्ना नागरिकलाई लेवनान छाड्न भनेको छ । गएको बुधवार इरानमा प्यालेस्टिनी विद्राेही हमासका प्रमुख इस्माइल हानियाहको हत्या भएपछि इरानले इजरायलसँग बदला लिने धम्की दिएको छ ।

यसअघि इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको पनि हत्या गरेको छ । यी घटनाले मध्यपूर्वमा तनाव बढेको हो । इरानले इजरायलमा कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले मध्यपूर्वमा आफ्ना युद्धविमान तैनाथ गरेको छ । गएराति हिजबुल्लाहले उत्तरी इजरायलमा केही रकेट प्रहार गरेको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया