इलामको माङसेबुङका खड्गबहादुर कार्कीको अकबरे खुसार्नी खेतीबाट राम्रो आम्दानी

 साउन २०, २०८१ आइतबार १३:४:११ | रासस
unn.prixa.net

रासस

इलाम – माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीले अकबरे खुसार्नी खेतीबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । यसअघि मलेसिया पुगेका उहाँले फर्केर दुई वर्षअघि 'बताहा कृषि तथा नर्सरी फार्म' दर्ता गरी व्यवसायिक रूपमा अकबरे खुसार्नीको खेती शुरु गर्नुभएको हो ।

त्यसपछि गएको वर्ष तीन लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्नुभयो । एक हजार बोटबाट ११ क्विन्टल अकबरे खुसार्नी उत्पादन भएको उहाँको भनाइ छ । पहिलो वर्ष नै राम्रो आम्दानी भएपछि उहाँले खेती बिस्तार गर्नुभएको छ । दुई सय ५० देखि तीन सय रुपैयाँसम्ममा बारीबाटै खुसार्नी बिक्री हुने गरेको उद्यमी किसान कार्की बताउनुहुन्छ ।

यो वर्ष उहाँले पाँच हजार बोट अकबरे खुसार्नी रोप्नुभएको छ । बजारको समस्या नभएकाले आफ्नै चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर आठ रोपनी क्षेत्रमा खेती बिस्तार गरेको उहाँ बताउनुहुन्छ ।

माङसेबुङमा उत्पादन भएको अकबरे खुसार्नी इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन् । उहाँले अबकरे खुसार्नीका साथै गोलभेँडा, भण्टा, बन्दाकोभी, प्याजखेती तथा एभोकाडो र कफीका बिरुवा पनि उत्पादन गर्दै आउनुभएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया