बङ्गलादेशकी प्रधानमन्त्री देश छाडेर भारततर्फ, निवासमा लुटपाट र ढुङ्गामुढा

 साउन २१, २०८१ सोमबार १५:४६:४७ | एजेन्सी
unn.prixa.net

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारततर्फ लाग्नुभएको छ । विद्यार्थीहरूको प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिना र उहाँकी बहिनीले देश छाडेको बीबीसी हिन्दीले जनाएको छ । उहाँ चढेको हेलिकप्टर भारततर्फ लागेको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर हजारौँ प्रदर्शनकारीले लुटपाटका साथै तोडफोड शुरू गरेका छन् । सरकारी जागिरमा कोटा प्रणालीको विरोध गर्दै गएको जुलाईदेखि बङ्गलादेशमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।

पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र बनाउने क्रममा लगेका योद्धाका परिवारलाई दिइएको कोटाका कारण सर्वसाधारण जागिरबाट वञ्चित भएको भन्दै शुरू भएको आन्दोलनमा दुई सय जनाको ज्यान गएको थियो ।

सर्वोच्च अदालतले धेरैजसो कोटा खारेजीको परमादेश दिइसकेको छ । तर विद्यार्थीहरूले पक्राउ परेकालाई रिहाइ र दमन गर्ने प्रहरीमाथि कारबाहीको माग राखेर केही दिनदेखि फेरि आन्दोलन गरेका थिए । आन्दोलनमाथि झनै दमन बढेपछि उनीहरूले प्रधानमन्त्रीकै राजीनामा माग गरेका थिए ।

हिजोको आन्दोलनमा मात्रै ९० जनाभन्दा धेरै प्रदर्शनकारीको ज्यान गएको थियो । समग्रमा गएको जुलाईदेखि भइहेको आन्दोलनमा अहिलेसम्म तीन सय जनाको ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया