बागलुङ पहिराे अपडेट : ८ जनाकाे ज्यान गयाे, बेपत्ता २ जनाकाे खाेजी चल्दै

 साउन २२, २०८१ मंगलबार १७:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बागलुङमा पहिरोमा पुरिएर आठ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर बडिगाड गाउँपालिका वडा नम्बर ९ र वडा नम्बर १० मा गरी अहिलेसम्म आठ जनाको ज्यान गएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले उज्यालाे अनलाइनलाई जानकारी दिनुभयो ।

पहिरोमा परी वडा नम्बर १० मा मालती बुढा, मधु बुढा, सञ्जु विकको ६ महिने छोरी, मनोज बुढा, अमन बुढा र मैतीदेवी विक रहेका छन् । यसैगरी वडा नम्बर ९ मा विधान परियार र गङ्गा बस्नेतको ज्यान गएको छ ।

यस्तै पहिरोमा परी वडा नम्बर १० का सात जना घाइते भएका र तीमध्ये गम्भीर घाइते दुई जनालाई हेलिकप्टरमा काठमाण्डौ पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।

पहिरोमा परी थप दुई जना बेपत्ता भएका छन् । अहिले घटनास्थलमा प्रहरी, सेना र बडिगाड गाउँपालिकाका स्वास्थ्यकर्मीको टोली उद्धारमा खटिएको छ । छिमेकीहरू सुरक्षित भन्दै पुगेको घर नै पहिरोले बगाएको बरालको भनाइ छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया