बङ्गलादेशमा हिजोको झडपमा १ सय जनाको ज्यान गएको अनुमान

 साउन २२, २०८१ मंगलबार १८:२९:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशमा हिजो देशभर भएका हिंसात्मक झडपमा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । हिजोको दिन गएको जुनमा प्रदर्शन शुरू भएपछिको सबैभन्दा घातक दिन बनेको बङ्गलादेशी सञ्चामाध्यमले जनाएका छन् । तर प्रहरीले सोमवार ज्यान मृत्यु हुनेको सङ्ख्या पुष्टि गरेको छैन ।

सरकारी जागिरमा आरक्षणको विरोधका नाममा शुरू भएको आन्दोलनका कारण डेढ महिनामा चार सय जनाभन्दा धेरैको ज्यान गएको छ ।

यसैबीच जबीर इन्टरनेशनल होटलमा भएको आगजनीमा कम्तीमा २४ जनाको ज्यान गएको छ । दक्षिण पश्चिम बङ्गलादेशको जेसोर शहरमा रहेको यो होटल अवामी लिगका नेता शाहिन चकलदारको स्वामित्वमा छ । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका नेताको होटल भएकै कारण प्रदर्शनकारीहरूले आगो लगाइदिएका हुन् ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया