भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
थाइल्यान्डको प्रमुख विपक्षी दल विघटन भएकोमा संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । विपक्षी दल मुभ फरवार्ड पार्टी (एमएफपी) को विघटन हुनुले मौलिक स्वतन्त्रतालाई गम्भीर रूपमा असर पुर्याएको राष्ट्रसङ्घको भनाइ छ ।
थाइल्यान्डको संवैधानिक अदालतले देशको युवा लोकतन्त्र समर्थक आन्दोलनको अग्रणी एमएफपीलाई भङ्ग गर्ने र यसका कार्यकारी बोर्डका सदस्यहरूलाई १० वर्षका लागि राजनीतिबाट प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
यो निर्णयले अभिव्यक्ति तथा सङ्घको मौलिक स्वतन्त्रता र थाइल्यान्डमा सार्वजनिक मामिला तथा राजनीतिक जीवनमा भाग लिने नागरिकको अधिकारलाई गम्भीररूपमा असर गर्ने राष्ट्रसङ्घीय मानवाधिकार प्रमुख भोल्कर टर्कले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
उहाँले कुनै पनि दल वा राजनीतिज्ञले कानूनी सुधारको वकालत गरेकामा विशेषगरी मानव अधिकारको समर्थनमा कहिले पनि यस्तो सजाय भोग्न नहुने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
थाइल्यान्डको कडा शाही मानहानी कानुनमा सुधार गर्ने बाचा गरेपछि एमएफपीले गएको वर्षको चुनावमा पहिलो स्थान हासिल गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।