तनहुँकाे दमौली अस्पतालमा ज्वरो, डेङ्गी र झाडापखालाका बिरामी बढे

 साउन २५, २०८१ शुक्रबार १२:३८:४० | रासस
unn.prixa.net

तनहुँ  – तनहुँ सदरमुकाम दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । एक हप्तादेखि ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या धेरै बढेको अस्पतालले जनाएको छ ।

असारदेखि अहिलेसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा. कमल भण्डारीले जानकारी दिनुभयो । उहाँकाअनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सय जनासम्म ज्वरो, डेङ्गी र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन् ।

वर्षा लागेसँगै बिरामी बढेकाले उहाँले खानेकुरा,पानी र सरसफाइमा ध्यान दिन सुझाव दिनुभएको छ । पछिल्लो समय डेङ्गी सङ्क्रमण फैलिन थालेकाले लामखुट्टेको टोकाइबाट जोगिन पनि उहाँको सुझाव छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया