भारतका शीर्ष विपक्षी नेता मनिष सिसोदियालाई जमानत

 साउन २५, २०८१ शुक्रबार १८:२४:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका एक शीर्ष विपक्षी नेता मनिष सिसोदियालाई जमानत दिएको छ ।

जाँड–रक्सीको बिक्रीलाई उदारीकरण गर्दा भ्रष्टाचार गरेको आरोपमा चलेको अनुसन्धानका क्रममा झन्डै १७ महिनादेखि हिरासतमा रहनुभएका सिसोदियालाई आज अदालतले जमानत दिएको एएफपीले जनाएको छ । सर्वोच्च अदालतले सिसोदियासँग १० लाख भारु धरौटी माग गरेको छ ।

दिल्लीका उपमुख्यमन्त्रीसमेत रहनुभएका सिसोदिया जाँड-रक्सीको बिक्रीका लागि स्वीकृति दिँदा घुस लिएको आरोप लागेका विपक्षी आम आदमी पार्टीका कैयौं नेतामध्ये एक हुनुहुन्छ । पार्टीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गएको मार्चदेखि यही अभियोगमा जेलमा हुनुहुन्छ । उहाँलाई चुनावको समयमा प्रचारप्रसारका लागि भनी केही समयका लागि मात्र रिहा गरिएको थियो ।

आम आदमी पार्टीले यो आदेशलाई लिएर सत्यको जीत भएको बताउँदै पार्टीका लागि ‘ठूलो विजय’ भएको बताएको छ । आम आदमी पार्टीका सांसद सञ्जय सिंहले अदालतको आदेश सरकारी एकाधिकारमाथि कडा जवाफ भएको प्रतिक्रिया दिनुभएको छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया