यागी आँधीपछि म्यानमारमा बाढी : ३३ जनाको ज्यान गयो
भदौ २९, २०८१ शनिबार
बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिनुभएको छ । आज आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिनुभएको बीबीसी हिन्दीले जनाएको छ । बिहानदेखि सयौंको सङ्ख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।
आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका न्यायाधीशको पनि राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीश हसनले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा काम गरिरहेका आन्दोलनरत विद्यार्थीको आरोप छ ।
बङ्गलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा आन्दोलनकारी विद्यार्थीसमेत सहभागी अन्तरिम सरकार गठन भएपछि पनि आन्दोलन रोकिएको छैन । प्रधानन्यायाधीश हसनले अन्तरिम सरकारलाई अपदस्त गर्नका लागि अदालतबाट पूर्वप्रधानमन्त्री हसिनाको पक्षमा काम गरिरहेको विद्यार्थी आन्दोलनकारीको आशंका छ ।
विद्यार्थीको आन्दोलनकै कारण पूर्व प्रधानमन्त्री शेख हसिना देशबाट भागेर भारत पुगिसक्नुभएको छ । सरकारी जागिरको व्यवस्था गरेको कोटा प्रणालीको विरोधमा बङ्गलादेशमा विद्यार्थीले आन्दोलन गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।