यूएईमा भएको अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपाल दोस्रो

 मंसिर ८, २०७५ शनिबार ६:५२:३७ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई, – आबुधाबीमा भएको एक दिने विनर कप अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपाल दोस्रो भएको छ । नेपालले ३ स्वर्ण, ३ रजत र ३ कांस्य पदकसहित कुल ९ पदक जितेर दोस्रो भएको हो । 

आबुधाबीको अलजजीरा क्लबमा शुक्रबार भएको विभिन्न ४ तौल समूहका नेपाली खेलाडीले पदक दिलाएका हुन् । 

५० केजी तौल समूहमा भारतका सुजित वैताल पहिलो भए भने नेपालका मानबहादुर लिम्बू दोस्रो भए । यस्तै ५५ केजी तौल समूहमा लक्ष्मण थापा मगर पहिलो र उत्तम गुरुङ दोस्रो भए । ६० केजी तौल समुहमा उत्तम गुरुङले दोस्रो स्थान हात पारे ।
 
यस्तै ७५ केजी तौल समूहमा शेखर श्रेष्ठले फिलिपिन्सका रनिल डि लुनालाई पछि पार्दै पहिलो भए । कातातर्फ रामु सुनुवारले दोस्रो स्थान हात पारे । प्रतियोगितामा नेपालसहित भारत, फिलिपिन्स,हंगेरी,मोरक्को,ओमान र यूएईका टिमको सहभागिता थियो। 

नेपालको तर्फबाट अफिसियल दीपराज नेयोङ्हाङ, विष्णु भण्डारी, टिम कोच राजु तामाङ र टिम म्यानेजर राजेश लामाले उपस्थिति जनाएका थिए । प्रतियोगितामा विजेता खेलाडीलाई ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिएको अफिसियल नेयोङ्हाङले उज्यालोलाई जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया