प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाउन सुझाव

 साउन २९, २०८१ मंगलबार ७:३१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले गठन गरेको अध्ययन कार्यदलले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)मा कायम रहेको ३० वर्षे सेवा अवधि सर्तसहित हटाउन सुझाव दिएको छ ।

गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यको संयोजकत्वमा गठित कार्यदलले गृहमन्त्री रमेश लेखकलाई बुझाएको प्रतिवेदनमा दुवै सुरक्षा सङ्ठनमा अहिले कायम रहेको ३० वर्षे प्रावधान अवैज्ञानिक र अन्तर्राष्ट्रिय अभ्यास तथा आन्तरिक निकायका प्रावधानसँग अमिल्दो रहेको भन्दै त्यसलाई हटाउन सुझाव दिएको हो ।

एक सय ४८ पृष्ठ लामो प्रतिवेदनमा नेपालभित्र अन्य सरकारी कर्मचारीको अवकाशको उमेर र विदेशी छिमेकी भारतसहित पाकिस्तान तथा केही युरोपियन देशका कर्मचारीको अवकाश उमेरसमेतलाई अध्ययन गरी सुझाव दिइएको छ ।

कार्यदलले दुवै आईजीपीको पदावधि तीन वर्ष, एआईजीको चार वर्ष, डीआईजीको पाँच वर्ष, एसएसपीको आठ वर्ष र एसपीको १० वर्ष पदावधि कायम राख्न सक्ने गरी सुझाएको छ । बाँकी पदमा पदावधि नराख्न र अवकाशका लागि उमेर हद मात्रै कायम गर्न सिफारिस गरिएको छ ।

३० वर्षे सेवा अवधिका कारण माथिल्लो तहका अधिकारी उमेर छँदै अनिवार्य अवकाशमा जाने गरेका छन् । नेपाल प्रहरी नियमावली २०७१ अनुसार प्रहरीमा उमेर हद, पदावधि र ३० वर्षे सेवा अवधि गरी तीन तरिकाले अवकाशमा जाने प्रावधान विद्यमान छ । गृह मन्त्रालयले गएको जेठ १६ गते ६ सदस्यीय कार्यदल बनाएको थियो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया