कैलालीका सामुदायिक विद्यालयले कक्षा ३ सम्मका विद्यार्थीको परीक्षा नलिने

 साउन २९, २०८१ मंगलबार १२:११:१२ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कैलाली – केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएका छन् । टीकापुर नगरपालिका र आसपासका पालिकाले यसै वर्षदेखि कक्षा १ देखि ३ मा पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन् ।

आउँने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्याङ्कनका आधारमा मूल्याङ्कन गरिने शिक्षा अधिकृत नरेश अवस्थीले बताउनुभयो । साना नानीबाबुको केही समयको परीक्षाले मूल्याङ्कन हुँदैन भनेर निरन्तर मूल्याङ्कन थालेको उहाँको भनाइ छ ।

जोशीपुर र जानकी गाउँपालिका तथा लम्कीचुहा नगरपालिकाले पनि शैक्षिक सुधार र  गुणस्तर वृद्धिमा ध्यान दिएर साना बालबालिकाको मूल्याङ्कनका आधारमा परीक्षा हुने जनाएका छन् । विद्यालयका अनुसार अब कक्षा ४ माथिको मात्र प्रश्नपत्र बनाएर परीक्षा हुन्छ । निरन्तर मूल्याङ्कनले शिक्षकलाई पनि जिम्मेवार बनाउँने विश्वास पालिकाले लिएका छन् ।  

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया