आठ दिनका लागि अन्तरिक्ष केन्द्रमा गएका २ जना यात्री दुई महिनादेखि उतै रोकिए

 साउन २९, २०८१ मंगलबार १८:३१:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आठ दिन बस्ने गरी गएको जुन ५ तारिख अर्थात् जेठ २३ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा गएका दुई जना अमेरिकी अन्तरिक्षयात्री अझै फर्किएका छैनन् ।

५८ वर्षीया सुनिता विलिअम्स र ६१ वर्षीय ब्यारी विल्मोर चढेर गएको बोइङ स्टारलाइनर अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएका कारण उनीहरू दुई महिनाभन्दा बढी समयदेखि रोकिएका अमेरिकी अन्तरिक्ष निकाय नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पहिलोपटक अन्तरिक्षयात्रामा प्रयोग गरिएको बोइङ स्टारलाइनरलाई उनीहरूले अन्तरिक्षमा पुर्‍याए पनि सुरक्षित फर्कने नदेखिएको नासाले जनाएको छ । अन्तरिक्षमा रोकिएका यात्रुका लागि आवश्यक पर्ने कपडा र खानेकुरा भने नासाले यही हप्ता स्पेक्सएक्स रकेटको प्रयोग गरेर पठाएको छ । बोइङ स्टारलाइनरलाई नै फर्काउन पहल भइरहेको र त्यो सम्भव नभएमा भने अन्तरिक्षमा रोकिएका यात्रु अझै ६ महिना उतै बस्नुपर्छ ।

नासाले आउँदो सेप्टेम्बरमा अन्तरिक्षमा पठाउने मिसनमा उनीहरूलाई फर्काउने योजना बनाएको छ । सेप्टेम्बरमा जाने यान सन् २०२५ को फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्कनेछ ।

नासाले रोकिएका यात्रुले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको टोलीसँग काम गरिरहेका र उनीहरू खुशी रहेका पनि जनाएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अरू सात जना नियमित बस्दै आएका छन् । अन्तरिक्षमा रोकिएका दुई जनाले पनि वैज्ञानिक परीक्षणदेखि अन्तरिक्ष केन्द्रको सरसफाइ, मर्मत लगायतका काम गरिरहेका नासाले जनाएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया