भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – पूर्व–पश्चिम राजमाार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा फेरि पहिरो झरेको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम भइरहेका बेला गएराति लेदोसहितको पहिरो झरेको हो ।
पहिरो झरेपछि केहीबेर सडक पूर्णरुपमा अवरुद्ध भएकोमा बिहान सामान्य पहिरो हटाएर अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख एवम् प्रहरी उपरिक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । हिजो दिनभर सडक मर्मतको काम भए पनि सकिएको थिएन ।
आज बिहानैदेखि थप मर्मत गर्ने गरी हिजो सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर राति लेदोसहितको पहिरो झरेपछि राजमार्ग केहीबेर पूर्णरुपमा अवरुद्ध भएको थियो । सडक दुईतर्फी नै सञ्चालनका लागि प्रयास भइरहेको प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।