धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
तनहुँ – तनहुँको आबुुखैरेनी गाउँपालिका–२ र ३ को सिमानामा पर्ने खहरेखोलामा पक्की पुल निर्माण भएको छ । दुई करोड ६२ लाख ५७ हजार रुपैयाँको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको हो ।
जिल्ला पूूर्वाधार विकास कार्यालय तनहुँकाअनुसार निर्धारित मितिभन्दा ११ महिना अगावै निर्माणको काम पूरा भएको हो । निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय तथा पूर्वाधार विकास कार्यालयका पदाधिकारीले हिजो सम्मान समेत गरेका छन् ।
पूर्वाधार विकास कार्यालयसँग २०८० मङ्सिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि चितवनको भीमज्योति–छिम्केश्वरी जेभीले ठेक्का सम्झौता गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।