विश्वकप क्रिकेट लिग दुईमा अमेरिकाको विजयी सुरुवात : क्यानडा १४ रनले पराजित

 साउन ३०, २०८१ बुधबार १०:२०:११ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्वकप क्रिकेट लिग दुईमा अमेरिकाले विजयी सुरुवात गरेको छ । लिग दुईमा आफ्नो पहिलो खेलमा अमेरिकाले क्यानडालाई १४ रनले हरायो । आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीच श्रृङ्खला चलिरहेको छ ।

हिजो भएको खेलमा अमेरिकाले दिएको ३ सय ५ रनको लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनायो । क्यानडाका हर्ष ठाकरले सर्वाधिक ७७ रन बनाए । अमेरिकाका नोस्तुश केन्जिगेले ३, शाल्डि भान साक्वय र जसदीप सिंहले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो । उसका कप्तान मोनांक पटेलले अविजित एक सय २१ रनको शतकीय पारी खेले । स्मिथ पटेलले ६३ र शयान जाहान्गिरले ५७ रन जोडे ।

जितसँगै ८ टोेली सहभागी लिग दुईमा २ अङ्कका साथ अमेरिका छैटौँ स्थानमा छ । क्यानडा ६ खेलमा ८ अङ्कका साथ दोस्रो स्थानमा छ । ७ खेलमा ९ अङ्क रहेको स्कटल्यान्ड शीर्ष स्थानमा छ । लिग दुईमा नेपाल २ अङ्कका साथ सातौँ स्थानमा छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया