काठमाण्डौ र पेरिसबाट खटिएको टोलीबाट पोर्चुगलमा राहदानी शिविर

 साउन ३०, २०८१ बुधबार १२:१५:९ | रासस
unn.prixa.net

फाइल तस्बिर

लिस्बन  – सरकारले पोर्चुगलमा सञ्चालन गरेको घुम्ती राहदानी शिविर सम्पन्न भएको छ । गएको अगस्ट २ तारिख अर्थात् साउन १८ गतेदेखि हिजोसम्म राजधानी लिस्बनमा भएको शिविरमा परराष्ट्र मन्त्रालय काठमाण्डौ र फ्रान्सको पेरिसमा रहेको नेपाली दूतावासबाट गएको टोलीले राहदानी नवीकरण शिविर सञ्चालन गरेको हो ।

पोर्चुगलमा अहिले ५० हजार जनाभन्दा धेरै नेपालीको बसोबास रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शिविरमा नाबालक एक सय २१, नवीकरण तीन हजार तीन सय ८० र हराएका तीन सय २८ गरी तीन हजार ८ सय २९ वटा राहदानी नवीकरण भएको छ ।

त्यसबापत ४ लाख ९१ हजार ५ सय ८० यूरो अर्थात् ७ करोड २० लाख ११ हजार रुपैयाँभन्दा धेरैको राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया