कम्बोडियामा एमालेका नेता जाँदा कुप्रचार गरियो : महासचिव पोखरेल
मंसिर ७, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेताको चुनावमा पुनः उम्मेदवारी नदिने निर्णय गर्नुभएको छ ।
योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने भएको छ । फुमियो किशिदाले पार्टीलाई नयाँ शुरुआत चाहिने भएकाले आफू पछि हटेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले आउँदो महिना सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन गरिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ ।
किशिदाको पार्टीले भ्रष्टाचार र घोटालाको आरोप झेल्दै आएपछि उहाँको समर्थन पनि घट्दै गएको छ । जापानले पछिल्लो समय बढ्दो मुद्रास्फीति, जापानी मुद्रा येनको मूल्य घट्ने जस्ता समस्या पनि सामना गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।