आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : इङ्गल्यान्डले दक्षिण अफ्रिक...
असोज २२, २०८१ मंगलबार
चिनियाँ कार निर्माता कम्पनी जीकरले विश्वको सबैभन्दा छिटो चार्ज हुने ब्याट्री बनाएको दाबी गरेको छ । जीकरले आफ्नो नयाँ विद्युतीय गाडीको ब्याट्री अमेरिकी कम्पनी टेस्ला र अर्काे चिनियाँ कम्पनी बीवाईडीको तुलनामा छिटो चार्ज हुने बताएको बीबीसीले जनाएको छ ।
कम्पनीले आफ्ना अल्ट्रा–फास्ट चार्जिङ स्टेशनहरू प्रयोग गरेर अपग्रेड अर्थात् सुधार गरिएको ब्याट्रीलाई साढे १० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताएको छ । यसअघि टेस्लाले १५ मिनेटको चार्जमा 'मोडल थ्री' कार दुई सय ८२ किलोमिटर गुड्न सक्ने जनाएको थियो, यो कारको पूर्ण क्षमताको आधाभन्दा थोरैले कम हो ।
जीकरको २०२५ ००७ सेडन आउँदो हप्तादेखि उपलब्ध हुने र यो नयाँ ब्याट्री प्रयोग गरिएको पहिलो गाडी हुने खबरमा उल्लेख छ । यस्तै कम्पनीले जाडो मौसममा माइनस १० डिग्रीको तापक्रममा पनि ब्याट्री आधा घण्टाभन्दा कम समयमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।