म्याग्दीको पात्ले गाउँमा विद्युतीय सेवा विस्तार
असोज २८, २०८१ सोमबार
थाइल्यान्डको संवैधानिक अदालतले संविधान उल्लङ्घन गरेको भन्दै प्रधामन्त्री सेटा टवीसिनलाई पदमुक्त गरिदिएको छ ।
प्रधानमन्त्री टवीसिनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर अवज्ञापूर्ण व्यवहार देखाएको र नैतिकताको नियम उल्लङ्घन गरेको ठहर गर्दै थाइल्यान्डको संवैधानिक अदालतले उहाँलाई पदमुक्त गरेको हो ।
टवीसिन प्रधानमन्त्री बनेको एक वर्ष पनि पूरा भएको छैन । थाइल्यान्डको संवैधानिक अदालतले १६ वर्षको अवधिमा उहाँसहित तीन जनालाई पदमुक्त गरेको बीबीसीले जनाएको छ ।
अब थाई संसद्ले नयाँ प्रधानमन्त्री छान्ने छ । प्रधानमन्त्री टवीसिनले पत्रकार सम्मेलन गरेर आफू अदालतको आदेशप्रति असहमत रहेको बताउनुभएको छ । तर थाइल्यान्डमा संवैधानिक अदालतको निर्णय अन्तिम हुन्छ र त्यसमाथि पुनरावेदन गर्न पाइँदैन । थाइल्यान्डको संवैधानिक अदालतसँग असीमित शक्ति रहेको बीबीसीको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।