डाक्टरको बलात्कार र हत्याको विरोधमा कोलकातामा गएराति ठूलो प्रदर्शन

 साउन ३१, २०८१ बिहीबार १२:१०:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गएको हप्ता भारतको पश्चिम बङ्गाल राज्यको कोलकातामा एक सरकारी अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा पश्चिम बङ्गालका दशौं हजार महिलाले गएराति सडकमा जुलुस निकालेका छन् ।

गएको शुक्रवार आरजी आर मेडिकल कलेजमा ३१ वर्षीया महिला प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्यापछि कोलकातामा गएराति ठूलो विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ । यस्तै दिल्ली, हैदराबाद, मुम्बई र पुणे जस्ता अन्य शहरहरूमा पनि प्रदर्शन भएको छ ।

प्रदर्शनमा महिलासँगै पुरुष पनि सहभागी भएका थिए । उनीहरूले ‘हामी न्याय चाहन्छौँ’ भन्दै नारा लगाएका थिए । प्रदर्शनकै क्रममा थाहा नभएको समूहले डाक्टरको हत्या भएको अस्पताल परिसर, गाडी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरेर क्षति पुर्‍याएको बीबीसीको खबरमा उल्लेख छ । प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो ।

अस्पतालमा डाक्टरको बलात्कार र हत्या भएको प्रकरणमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ । तर प्रदर्शनकारी डाक्टरहरूको आक्रोश कम भएको छैन ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया