सार्वभौम क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीक...
मंसिर ७, २०८१ शुक्रबार
इजरायली सेना र विद्रोही समूह हमासको युद्धका कारण विस्थापित भएका गाजापट्टीका धेरै नागरिक घर फर्किएका छन् । गएको वर्ष अक्टोबर ७ देखि निरन्तर भइरहेको आक्रमणपछि गाजापट्टी नजिकै आफ्नो घरबाट विस्थापित भएका लगभग सबै इजरायली घर फर्किसकेका अधिकारीहरूले बताएका छन् ।
घातक आक्रमणबाट प्रभावित सीमावर्ती समुदायको पुननिर्माण र पुनःस्थापनाको जिम्मा दिइएको सरकारी एजेन्सीका अनुसार ५० हजारभन्दा धेरै जनसङ्ख्या रहेको दक्षिणी इजरायली क्षेत्रको ८० प्रतिशतभन्दा बढी मानिस गएको जुलाईसम्म आफ्नो घर फर्केका छन् ।
इजरायली अधिकारीहरूले गाजा सीमा क्षेत्रबाट निकालिएका मानिसहरूलाई राज्यको खर्चमा होटलमा आवासको व्यवस्था गरेका थिए । यो व्यवस्थाको अवधि हिजोदेखि सकिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
हमासको आक्रमणबाट अझै क्षतिग्रस्त अवस्थामा रहेका केही समुदायका बासिन्दाहरूलाई अर्को एक वर्षका लागि देशका विभिन्न ठाउँमा अस्थायी आवास दिइने इजरायलले जनाएको छ । प्यालेस्टिनी क्षेत्रबाट रकेट आक्रमणको खतराका कारण गाजा सीमा नजिकै रहेका अन्य समुदायलाई असुरक्षित घोषणा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।