हिमताल बिस्फोट भएर बाढी आएको आशङ्का गरिए पनि यकिन हुन बाँकी

 भदौ १, २०८१ शनिबार ६:१७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा बाढी आउनुको मुख्य कारण कुनै हिमताल बिस्फोट भएको हुन सक्ने आशङ्का गरिए पनि यकिन हुन बाँकी छ । जल तथा मौसम विज्ञान विभागले गरेको प्रारम्भिक अध्ययन अनुसार थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी छवटा हिमताल, हिमपोखरी रहेको देखिन्छ ।

निरन्तर वर्षा र तापक्रम वृद्धिले त्यस क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालमध्ये कुनै हिमताल बिष्फोट भएको हुन सक्ने विभागले निकालेको विज्ञप्तिमा उल्लेख छ । त्यस क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मिलिमिटर वर्षा मापन भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले दुधकोशी किनारका बासिन्दालाई सतर्कता अपनाउन करिब डेढ लाख मोबाइलमा एसएमएस पठाएको छ । बाढीका कारण दूधकोशीमा जलसतह बढे पनि पछि घट्न थालेकोले रबुवाबजार भन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठूलो जोखिम नहुने देखिए पनि दूधकोशीको तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया