इंग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

 भदौ १, २०८१ शनिबार ९:४९:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इंग्लिस प्रिमियर लिगमा फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समय अनुसार बेलुका सवा ५ बजे नवप्रवेशी इपस्विप टाउन र लिभरपुल खेल्दैछन् । त्यस्तै बेलुका पौने ८ बजे आर्सनल र उल्भ्स, एभर्टन र ब्राइटन, न्यूक्यासल र साउथह्याम्पटन, नटिङघम फरेस्ट र बर्नमाउथबीच खेल हुनेछ ।

त्यस्तै राति सवा १० बजे वेस्ट ह्याम र एस्टनभिल्ला खेल्दैछन् । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गएरातिदेखि शुरु भएको नयाँ सिजनमा युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा फुलहमलाई १–० गोलले हरायो ।

हालै युनाइटेडमा आबद्ध भएका नेदरल्यान्ड्सका फरवार्ड जोशुआ जिर्कजीले खेलको ८७ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै उसले तीन अङ्क जोडेको छ । अघिल्लो सिजन म्यानचेस्टर सिटीले उपाधि जितेको थियो । नयाँ सिजनको प्रिमियर लिग सन् २०२५ को मे २५ तारिखसम्म चल्नेछ । 

अन्तिम अपडेट: असोज १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया