महिला टी–२० विश्वकप क्रिकेटमा आज बङ्गलादेश र वेस्ट इन्डिज खेल्दै
असोज २४, २०८१ बिहिबार
बाँके – बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता औद्योगिक क्षेत्र शिलान्सायसमै सीमित भएको छ । निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन भएपनि काम सुरु हुन सकेको छैन । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले २०७७ फागुन ११ गते नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको थियो ।
शिलान्यास भएको साढे तीन वर्ष बिते पनि पूर्वाधार निर्माणको काम अझै शुरु हुन नसकेको परियोजना प्रमुख इञ्जिनियर प्रकाश केसीले जानकारी दिनुभयो । नौबस्ता औद्योगिक क्षेत्रका लागि आर्थिक वर्ष २०७४/७५ देखि नै बजेट विनियोजन हुँदै आएको हो ।
चालू आर्थिक वर्षमा पनि ५० करोड रुपैयाँ भन्दा धेरै बजेट विनियोजन भएको छ । तर नीतिगत समस्याका कारण अहिलेसम्म ठेक्का हुन नसकेको परियोजनाका प्रमुख इञ्जिनियर केसीको भनाइ छ । औद्योगिक क्षेत्र निर्माणस्थलमा झण्डै तीन सय घरटहरा रहेको हुँदा उनीहरूको अवरोधकै कारण निर्माण कार्य शुरु गर्न नसकिएको प्रमुख केसीले बताउनुभयो ।
औद्योगिक क्षेत्र निर्माण गर्न बैजनाथ गाउँपालिका–३ मा छुट्याइएको तीन सय ३८ बिघा क्षेत्रफलमा तीन सय हाराहारीमा घर निर्माण गरेर बस्ती बनाइएको छ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार नौबस्ता औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदनअनुसार तीन सय उद्योग स्थापना हुनेछन् । त्यसबाट लुम्बिनी र कर्णाली प्रदेशको आर्थिक विकासमा ठूलो योगदान पुग्न सक्ने अपेक्षा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।